गाजामा इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु | Khabarhub Khabarhub

गाजामा इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली सेनाले मंगलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन् ।  

आक्रमणमा एकै ठाउँमा दर्जनौं मानिस मारिनुका साथै अन्य घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् । घटनाको पुष्टि गर्दै नागरिक सुरक्षाका एजेन्सिका प्रवक्ता महमुद बासलले इजरायली सेनाले राफाहको उत्तरपश्चिममा अल मवासीको अल आलमको रोटोन्डा नजिकै हजारौं नागरिक विरुद्ध ट्याङ्क र ड्रोनले मार्फत आक्रमण गरेको बताएका छन् ।   

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान गर्दै प्यालेस्टिनीहरूले खानाको व्यवस्था गर्नका लागि आफ्नो ज्यान जोखिममा पार्न नहुने बताए  ।

इजरायलले गाजाको स्थिति सुधार गर्न बढ्दो दबाबको सामना गरिरहेको  छ । गाजामा इजरायलले दुई महिना सम्म आपूर्ति अवरुद्ध गरेपछि मानिसहरूले खाना लगायत अन्य अत्यावश्यक वस्तुहरूको अभावको सामना गरिरहेका छन् । पछिल्लो समयमा सहायता प्रवाह अनुमति दिएको छ भने अन्तराष्ट्रिय समुदायले इजरायललाई थप सहायताको प्रवेशलाई  अनुमति दिन आग्रह गरेको छ ।

हमासलाई पराजित गर्ने उद्देश्यले इजरायलले हाल गाजामा आफ्नो अभियानलाई तीव्र बनाएको छ । इजरायली सेनाले मंगलबार क्षेत्रको उत्तरमा आफ्ना तीन जना सैनिक मारिएको र द्वन्द्व सुरु भए देखि प्यालेस्टिनी क्षेत्रमा मारिएका इजरायली सेनाको सङ्ख्या ४२४ जना  पुगेको बताएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : ४४ बजे

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक