आज २०८२ साल असोज १३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज १३ गते सोमबारको राशिफल


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १३ गते सोमबार। आश्विन शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २९ तारिख। नवरात्रको सातौ दिन। आज कालारात्रीदेवीको पूजा, फूलपाती। विश्व मुटु दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्ने छ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा सुधार हुनेछ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहने छ।

मिथुन : दिन राम्रो छ। बोलीका कारण काम बन्नेछन्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। खर्च बढ्नेछ। आफूले गरेका काममा पश्चाताप हुनेछ। शत्रु बढ्ने दिन छ। परिवारमा विश्वास गुम्न सक्छ। थोरै बेलेर अघि बढ्नु उपयुक्त हुन्छ।

सिंह : दिन राम्रो छ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ। योजना सार्वजनिक नगरी कार्यान्वयनमा अगाडि बढ्नु उचित हुन्छ।

कन्या : तपाईंका लागि आजको दिन सामान्य छ। परिवारमा कामको बोझ थपिनेछ। अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यले साथ दिए पनि काममा आलोचनाको सामना गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। साथीभाइसँग भेट हुनेछ। मान प्रतिष्ठा बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

वृश्चिक : दिन राम्रो छ। डुब्न लागेको धन उठ्ने दिन रहेको छ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : दिन राम्रो छ। सोचेको काम बन्दा मन प्रशन्न बन्नेछ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ। रमाइलो घुमघामको योजना बन्ने योग छ। मनमा नयाँ अनुभव प्राप्त हुनेछन्।

मकर : दिन सामान्य छ। तपार्इंले गरेको कामको जस अरुले लिनेछन्। राजनीतिमा वितृष्णा बढ्नेछ। परिवारको साथ मिल्नेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ। अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। नयाँ मान्छेसँग कारोबार नगर्नु राम्रो हुन्छ।

मीन : दिन सामान्य छ। मानसिक तनाव बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। बौद्धिक व्यक्तिसँग भेट गरेमा फाइदा हुनेछ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ५ : ०२ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच