गाजामा इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली सेनाले मंगलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन् ।  

आक्रमणमा एकै ठाउँमा दर्जनौं मानिस मारिनुका साथै अन्य घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् । घटनाको पुष्टि गर्दै नागरिक सुरक्षाका एजेन्सिका प्रवक्ता महमुद बासलले इजरायली सेनाले राफाहको उत्तरपश्चिममा अल मवासीको अल आलमको रोटोन्डा नजिकै हजारौं नागरिक विरुद्ध ट्याङ्क र ड्रोनले मार्फत आक्रमण गरेको बताएका छन् ।   

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान गर्दै प्यालेस्टिनीहरूले खानाको व्यवस्था गर्नका लागि आफ्नो ज्यान जोखिममा पार्न नहुने बताए  ।

इजरायलले गाजाको स्थिति सुधार गर्न बढ्दो दबाबको सामना गरिरहेको  छ । गाजामा इजरायलले दुई महिना सम्म आपूर्ति अवरुद्ध गरेपछि मानिसहरूले खाना लगायत अन्य अत्यावश्यक वस्तुहरूको अभावको सामना गरिरहेका छन् । पछिल्लो समयमा सहायता प्रवाह अनुमति दिएको छ भने अन्तराष्ट्रिय समुदायले इजरायललाई थप सहायताको प्रवेशलाई  अनुमति दिन आग्रह गरेको छ ।

हमासलाई पराजित गर्ने उद्देश्यले इजरायलले हाल गाजामा आफ्नो अभियानलाई तीव्र बनाएको छ । इजरायली सेनाले मंगलबार क्षेत्रको उत्तरमा आफ्ना तीन जना सैनिक मारिएको र द्वन्द्व सुरु भए देखि प्यालेस्टिनी क्षेत्रमा मारिएका इजरायली सेनाको सङ्ख्या ४२४ जना  पुगेको बताएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : ४४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप