पोखरा उच्च बारमा ४ संगठनको सहमति, अध्यक्षमा शालिग्राम भट्टराईको एकल उम्मेदवारी  | Khabarhub Khabarhub

पोखरा उच्च बारमा ४ संगठनको सहमति, अध्यक्षमा शालिग्राम भट्टराईको एकल उम्मेदवारी 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा उच्च अदालत बार एसोसिएसनमा सहमतिबाट नेतृत्व चयन हुने भएको छ । पोखरामा क्रियाशील ४ संगठनकाबीच सहमति जुटेपछि निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता भएको छ । 

नेपाली कांग्रेस निकट डिएलए, एमाले निकट पिपिलए, माओवादी केन्द्र निकट आरपिएलए र नेकपा समाजवादी निकट एसपिएलएको सहमतिमा पदाधिकारी र सदस्यमा उम्मेदवारी दर्ता भएको छ । पदाधिकारीहरूमा एकल उम्मेदवारी परे पनि सदस्यमा १ जना बढीको उम्मेदवारी परेको छ । त्यसलाई पनि बुधबार उम्मेवदार फिर्ता लिने अवधिसम्म मिलाइने संगठनहरुले बताएका छन् । 

निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाका अनुसार आगामी कार्यकाल २०८२-८४ को कार्यसमितिका अध्यक्षमा शालिग्राम भट्टराई, उपाध्यक्षमा यामबहादुर खत्री र सचिवमा प्रकाश शर्माको उम्मेदवारी परेको छ । यसैगरी सहसचिवमा ईश्वरी पौडेल र कोषाध्यक्षमा सुजाता ढकालको उम्मेदवारी परेको छ । अध्यक्ष, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउने कांग्रेस निकट डिएलए आबद्ध कानुन व्यवसयीक हुन् । उपाध्यक्ष र सहसचिव भने एमाले निकट पिपिएलए आबद्ध हुन् । 

सदस्यमा डिएलएका ४, आपिएलएका २, पिपिएलएका १ र एसपिएललका भागमा १ जना पर्नेगरी बाँडफाँड गरिएको छ । निर्वाचन समितिका अनुसार अर्जुन पौडेल, लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दीपक शर्मा पौडेल, तिलकप्रसाद कोइराला, डिल्लीराम अधिकारी र घनश्याम बरालको उम्मेदवारी परेको छ । महिला सदस्यमा राधा शर्मा (पौडेल)ले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । 

उच्च अदालत बारमा अहिले ४ सय ५६ जना मतदाता छन् । त्यसमा कांग्रेस निकट डिएलएको बाहुल्य छ । पहिलाका निर्वाचनमा मतदान हुँदा सबै पदमा डिएलएका उम्मेदवार विजयी हुन्थे । बारलाई सबैको साझा थलो बनाउने प्रयास अनुसार चालु कार्यकालमा सहमतिका आधारमा कार्यसमिति चयन गरिएको थियो । आगामी कार्यकालका लागि समेत यसले निरन्तरता पाएको छ । पोखरामा कास्की जिल्ला बार पनि छ । जसमा १ सय ११ सदस्य छन् । कास्की बार सदस्यमा भने एमाले निकट पिपिएलएको बाहुल्यता छ । 

निर्वाचन कार्यतालिका अनुसार जेठ २४ गते मतदान कार्यक्रम छ । तर बुधबार नै उम्मेदवारी फिर्ताको कार्यतालिका रहेकाले १ जना सदस्यको नाम फिर्ता भएपछि सबैजना निर्विरोध हुनेछन् । 

वरिष्ठ अधिवक्ता थापा संयोजकत्वको निर्वाचन समिति सदस्यमा अनिता गुरुङ र शिवराज वाग्ले छन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : ११ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं