रौनकको कीर्तिमानी ‘डबल सेन्चुरी’ « Khabarhub

रौनकको कीर्तिमानी ‘डबल सेन्चुरी’


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा जारी यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडी रौनक श्रीवास्तबले गण्डकीविरुद्ध दोहोरो शतक बनाएर रेकर्ड कायम गरेका छन् । उनले एक सय १७ बलमा १६ चौका  १६ छक्काको मद्दतले दुई सय १७ रन बनाएका छन् । 

लुम्बिनीको ४०३ रनको विशाल योगफलको रेकर्ड बनाएको । यो उमेर समुहको घरेलु प्रतियोगितामा यो रेकर्ड रौनकको रहने भएको छ । टी.बी स्मृति प्रथम– १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन खेलमा यो उमेर समूहको खेलमा रौनकले इतिहासमा आफ्नो रेकर्ड बनाएको खेलका मिडिया संयोजक नगेन्द्र उपाध्यायले बताए ।  

वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जित दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे । गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।

शैलेश काफ्लेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राइक रेटमा आक्रामक ब्याटिङ गर्दै प्रतियोगिता कै रौनक बढाए । लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७-१७ रनको थप्दा ४७ रन बोनस स्वरुप प्राप्त भयो । गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक-एक विकेट लिएका थिए । 

४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट भयो ।  गण्डकीका अनिष राउतले नटआउट २२, प्रतीक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैले पनि दोहोरो अंक कटाउन सकेनन् । लुम्बिनीका शुभम् खनालले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए । त्यस्तै, अर्को खेलमा कर्णालीले सुदूरपश्चिममा हराएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ३७ बजे

उमेश यादव भन्छन् : रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाएरै छाड्छु

राजविराज- जनता समाजवादी नेपालका नेता उमेश कुमार यादवले जस्तोसुकै सङ्घर्ष

भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार

ढोरपाटन– हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूत मियोसको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट

सरकारको वैधतामा मुद्दा विचाराधीन, तत्काल सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने

काठमाडौं – नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार