अर्थसंक्षेप : विदेशी ‘साहु’लाई साढे १५ अर्ब ब्याज तिर्दै सरकार, ३५ अंकले घट्यो नेप्से र विदेशमा लगानी गर्न उत्साहित नेपाली « Khabarhub

अर्थसंक्षेप : विदेशी ‘साहु’लाई साढे १५ अर्ब ब्याज तिर्दै सरकार, ३५ अंकले घट्यो नेप्से र विदेशमा लगानी गर्न उत्साहित नेपाली


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

१२ विदेशी ‘साहु’लाई १५ अर्ब ५७ करोड ब्याज तिर्दै सरकार

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा द्विपक्षीय र बहुपक्षीय गरी १३ विदेशी ऋणदातालाई १५ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ ब्याज तिर्ने भएको छ ।

आठ बहुपक्षीय र चार द्विपक्षीय ऋण दातालाई सरकारले वैदेशिक ऋणको ब्याज भुक्तानीबापत क्रमशः ११ अर्ब ७१ करोड १५ लाख र तीन अर्ब ८६ करोड ३० लाख रुपैयाँ ऋण तिर्न लागेको हो ।

आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले तयार पारेको ‘एकीकृत खर्च तथा वित्तीय बजेट अनुमान’ विवरणमा उल्लेख भएअनुसार; वैदेशिक ऋणभारको ब्याज तिर्दा सङ्घीय सञ्चित कोषमाथि व्ययभार पर्नेछ ।

वैदेशिक ऋणको ब्याज साढे १५ अर्ब रुपैयाँभन्दा बढी तिर्न लागेको सरकारले आन्तरिक ऋणको ब्याजबापत भने झण्डै ६ गुणा बढी अर्थात्‌ ९२ अर्ब ९६ करोड १४ लाख रुपैयाँ भुक्तानी गर्ने भएको छ ।

एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै

माइडिया मासिक लक्की ड्र २०८२ का विजेता भए कार्की

विदेशमा लगानी गर्न किन उत्साहित छन् व्यवसायी ?

सरकारले बजेटमार्फत् नेपालीले विदेशमा लगानी गर्न पाउने सम्बन्धी ल्याएको व्यवस्थाप्रति निजी क्षेत्रका प्रतिनिधिले निकै खुसीका साथ प्रतिक्रिया व्यक्त गरेका छन् ।

उनीहरूले बजेटमा प्रतिक्रिया दिँदै सरकारले गरेको यो निर्णयलाई एतिहासिक भन्दै प्रशंसा समेत गरे ।

बजेटमा निजी क्षेत्रसँग सम्बन्धित धेरै विषय समेटिएका छन् । तर, निजी क्षेत्र भने बजेट वक्तव्यमा उल्लेखित विदेशमा लगानी गर्न दिने व्यवस्थाप्रति आकर्षित भएका हुन् ।

विशेषगरी व्यवसायिक छाता संगठनका केही नेतृत्वले सोही व्यवस्थाका कारण बजेटको निकै प्रशंसा गरेको अनुमान हुँदैछ ।

अत्तरिया–भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै

कारोबारसहित ३५ अंकले घट्यो नेप्से

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.७३ अंकले घटेको छ । आज नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको छ ।

आज ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ३८ हजार ४७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै ३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३१५ वटा कम्पनी कारोबारमा आउँदा ७५ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ । आज १३ मध्ये सबै समुह घटेको छ ।

क्रोम्प्टनको ‘नयाँ वर्षको ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न 

उखु खेतीबाट वार्षिक आठ लाख आम्दानी

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : १३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर