जेलेन्स्कीले भने, ‘नेटोले शिखर सम्मेलनमा निम्तो पठायो’ « Khabarhub

जेलेन्स्कीले भने, ‘नेटोले शिखर सम्मेलनमा निम्तो पठायो’


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जुन महिनाको उत्तरार्धमा नेदरल्याण्ड्सको हेगमा आयोजना हुने नेटो शिखर सम्मेलनमा युक्रेनलाई औपचारिक रूपमा आमन्त्रण गरिएको जानकारी दिएका छन्‌ ।

शिखर सम्मेलन जुन २४ देखि २६ सम्म हेगमा हुनेछ, जहाँ रुसद्वारा युक्रेनमा गरिएको आक्रमण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन गरेको आह्वान मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ ।

‘हामीलाई नेटो शिखर सम्मेलनमा आमन्त्रण गरिएको छ । मलाई लाग्छ, यो महत्वपूर्ण कुरा हो’, राष्ट्रपति जेलेन्स्कीले सोमबार भिलनियसमा नेटोका महासचिव मार्क रुटेसँगको भेटपछि भने ।

केही दिनअघि चेतावनी दिँदै जेलेन्स्कीले भनेका थिए, ‘यदि युक्रेन नेटो शिखर सम्मेलनमा उपस्थित हुँदैन भने, त्यो पुटिनका लागि विजय हुनेछ ।’

ट्रम्प प्रशासनको समयमा युक्रेनले प्राप्त गर्ने सैन्य सहयोगप्रति अनिश्चितता बढिरहेका बेला राष्ट्रपति जेलेन्स्की युरोपेली साझेदारहरूसँग समर्थन सुनिश्चित गर्न प्रयासरत छन्‌ ।

युक्रेनले रूससँग सम्भावित शान्ति सम्झौताका अवस्थामा सुरक्षा प्रत्याभूति चाहेको बताइएको छ, जुन प्रस्तावलाई मस्कोले ‘स्वीकार्य छैन’ भनेको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ८ : ५४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक