जमिन हल्लिन थालेपछि पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार « Khabarhub

जमिन हल्लिन थालेपछि पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार


२० जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् ।

कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेको सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनले जानकारी दिए ।

जेलबाट भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केही सुरक्षाकर्मीसमेत छन् । घटना स्थानीय समयअनुसार बिहान करिब १ः३० बजे भएको हो ।

‘भूकम्पको कारण कैदीहरूमा त्रास फैलिएको थियो’, मेमनले भने । घटनापछि प्रान्तीय सरकारको जेल सेवा प्रमुखलाई पदबाट हटाइएको उनले जानकारी दिए ।

पाकिस्तानका जेलहरू प्रायः भीडभाड, खराब अवस्था, भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका कारण बदनाम छन् । साथै, न्यायिक प्रक्रिया ढिलो हुने भएकाले कैदीहरू लामो समयसम्म थुनामा बस्न बाध्य हुने गरेको बताइएको छ ।

सिन्ध मौसम विज्ञान कार्यालयका कार्यकारी प्रमुख आमिर हैदर लघारीले एएफपीसँग कुरा गर्दै कराचीमा पछिल्ला तीन दिनमा २० भन्दा बढी भूकम्पका धक्का मापन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ९ : २० बजे

गगन थापाको उपस्थितिमा लगनबाट सुरु भयो सुकुन्दा र्‍याली

काठमाडौँ- शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा नेपाली

एनपिएलको प्रभाव : पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू

एनपीएलमा लुम्बिनीले टस जित्यो, काठमाडौंले सुरुमा ब्याटिङ गर्दै*

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा काठमाडौं गोर्खाजविरुद्ध

पाथीभरा दर्शनार्थीको चाप बढ्दै, केबलकार निर्माण छिटो सक्न माग

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि पुग्ने

राज्यमा विवेकहीन र निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल