ऐश्वर्यासँगको दुस्मनीबारे बोलिन् रानी, खुलाइन् सलमानले लफडा गरेको फिल्म ‘चल्ते चल्ते’को किस्सा « Khabarhub

ऐश्वर्यासँगको दुस्मनीबारे बोलिन् रानी, खुलाइन् सलमानले लफडा गरेको फिल्म ‘चल्ते चल्ते’को किस्सा


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका रानी मुखर्जीले अर्की नायिका ऐश्वर्यासँग सम्बन्ध चिसिएको बारेमा बालेकी छन् ।

रानीले ऐश्वर्यालाई कुनै समयको प्रतिस्पर्धीका रुपमा गनेपछि उनीहरुको चिसो सम्बन्धले फेरि एक पटक चर्चामा पाएको हो ।

यसअघि दुवैले आफूहरुबीच सबै कुरा सामान्य रहेको बताउँदै आएका थिए । अहिले भने रानीले सम्बन्ध निकैअघि देखि बिग्रिएको खुलाएकी हुन् ।

‘कफी विथ करण’ शोमाका प्रस्तोता करण जोहोरले नियतबस रानीसँग ऐश्वर्याको कुरा कोट्याउँछन् ।

रानीले ऐश्वर्यासँग सम्बन्ध सामान्य रहेको बताउँछिन् । र करणलाई भन्छिन्, ‘यसको कारण तपाईंलाई थाहा छ ।’

करण यतिमै रोकिँदैनन् । उनले रानीबाट थप कुरा फुत्काउन नियतले अघि बढ्छन् र भन्छन्, ‘चलते चलते बता दो ।’

करणको यो आग्रह मात्रै थिएन । यहाँ व्यङ्ग्य पनि मिसिएको थियो । किनभने रानी र ऐश्वर्याको सम्बन्ध फिल्म ‘चल्ते चल्ते’कै कारण बिग्रिएको गसिप छ।

त्यसपछि रानीले भित्रि कुरा खुलाइन् । अगाडि भनिन्, ‘मेरो ऐश (ऐश्वर्या)सँग व्यक्तिगत समस्या छैन । तर, सायद ऐशलाई छ होला । किनभने उनले आजभोलि मलाई फोन गर्न छोडिन् । मैले उसलाई सार्वजनिक कार्यक्रममा पनि भेटेको छैन । भेट भयो पनि सभ्य व्यवाहार नै हुनेछ ।’

ऐश्वर्या र रानीबीच के भएको थियो ?

ऐश्वर्या र रानी एकै समय चर्चामा रहेका नायिका हुन् । यी दुवैको प्राइम टाइमसँगै आएको थियो । त्यस समय उनीहरु मिडियामा मिल्ने साथीका रुपमा प्रस्तुत हुन्थे।

त्यसबेला रानी अहिले ऐश्वर्याका श्रीमान् अभिषेक बच्चनसँग प्रेम सम्बन्धमा थिइन् । यता, ऐश्वर्या सलमान खानसँग प्रेम सम्बन्धमा थिइन् ।

फिल्म ‘चल्ते चल्ते’ छायाङ्कनका दौराना सलमान र ऐश्वर्याको सम्बन्धमा दरार आएको थियो ।

सलमानले छायाङ्कनस्थलमा लफडा गर्न थालेपछि ऐश्वर्यालाई फिल्मबाट निकालियो । ऐश्वर्यालाई निकाल्ने निर्णय फिल्मको निर्मातासमेत रहेका नायक शाहरुख खानको थियो भन्ने गसिप छ ।

फिल्ममा ऐश्वर्याको स्थानमा रानीको प्रवेश भयो । त्यही बेलादेखि यी दुईको सम्बन्ध बिग्रिएको गसिप सुरु भएको हो।

अर्थात्, आफूलाई निकालिएको फिल्ममा रानीको प्रवेश ऐश्वर्यालाई चित्त बुझेन । रानीले आफूलाई प्रतिस्पर्धीका रुपमा लिएको उनको बुझाइ बन्यो ।

यता अभिषेक र रानीको प्रेम पनि विवाहसम्म पुग्न सकेन । आमा जया बच्चनले रानीलाई बुहारीको रुपमा अस्वीकार गर्ने भएपछि अभिषेकी उनलाई छोडेको चर्चा हुने गर्छ ।

त्यसपछि ऐश्वर्याले अभिषेकसँग विवाह गरिन् । उक्त विवाहमा रानीलाई निम्तो थिएन ।

ऐश्वर्यालाई रानीले फिल्म खोसेको भन्ने भयो । उता रानीलाई ऐश्वर्याले आफ्नो प्रेमी खोसेको भन्ने महसुस भयो । यिनै दुई कारण यी दुईको सम्बन्ध बिग्रिएको गसिप बनेको हो ।

त्यसपछि उनीहरुलाई पहिला जस्तो निकट देखिन छाडेपछि यो गसिपले थप बढवा पाएको हो । अहिले रानीको करणसँगको अन्तर्वार्ताले पनि गो गसिपलाई बढवा दिएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : ३१ बजे

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले