आज २०८२ साल असार १९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल असार १९ गते बिहीबारको राशिफल


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १९ गते बिहीबार। असार शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई ३ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। काममा अवरोध हुनेछ। व्यापारमा भने सामान्य लाभ हुनेछ। नाफा आर्जनका लागि व्यापारमा सहकार्य गर्नुपर्ने छ। शिक्षामा प्रगति हुनेछ।

वृष : दिन राम्रो छ। तपाईंको बोलीका प्रभावले काम बन्नेछ। सम्पत्ति खर्च भए पनि लक्ष्य पूरा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुन : समस्या एकपछि अर्को थपिने छन्। बोली र व्यवहारमा एकरुपता नदेखिने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा विश्वास नगर्ने बानीले अप्ठेरो परिस्थिति सिर्जना हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। तपाईंको काम बन्ने छ। शिक्षामा ढिलासुस्ती हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्ने छ।

सिंह : दिन राम्रो छ। स्वास्थ्य र व्यापारको लगानीबाट फाइदा हुने योग छ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुन्छ। व्यवहारमा सानो कुराले झन्झट दिने भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। व्यवहारमा सकारात्मक सुत्र पत्ता लाग्ने छ। मन खुशी हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

तुला : दिन सामान्य छ। श्रमको मूल्य अर्काले खाने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

वृश्चिक : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन प्रशन्न हुनेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। परिवारलाई समय दिनु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको माथिल्लो निकायबाट तपाईंको पक्षमा निर्णय हुनेछ।

मकर : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच राम्रो रहेको छ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च बढ्ने छ। विपक्षी साथीबाट काम गर्दा सचेत बन्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्ने छ।

मीन : दिन राम्रो छ। शिक्षामा सफलता मिल्ने छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले बोलीमा ख्याल गर्नुपर्ने छ। आफन्तसँग बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : ०३ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का