बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ८३ पैसा र बिक्री दर १३७ रुपियाँ ४३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ९५ पैसा र बिक्रीदर १६१ रुपियाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ५३ पैसा र बिक्रीदर १८८ रुपियाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७२ रुपियाँ ६१ पैसा र बिक्रीदर १७३ रुपियाँ ३७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८४ पैसा र बिक्रीदर ९० रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३१ पैसा र बिक्रीदर १०० रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४५ पैसा र बिक्रीदर १०७ रुपियाँ ९२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०९ पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४९ पैसा र बिक्रीदर ३६ रुपियाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३६ पैसा र बिक्रीदर ३२ रुपियाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५७ पैसा र बिक्रीदर २१ रुपियाँ ६७ पैसा तोकिएको छ।

यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४३ पैसा र बिक्रीदर १७ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ३१ पैसा र बिक्रीदर ४५० रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ९८ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ३९ पैसा र बिक्रीदर ३५६ रुपियाँ ९५ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : २८ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान