सूर्यवंशीको विस्फोटक पारीमा इंग्ल्यान्डमाथि भारत विजयी: ३१ बलमा ८६ रन « Khabarhub

सूर्यवंशीको विस्फोटक पारीमा इंग्ल्यान्डमाथि भारत विजयी: ३१ बलमा ८६ रन


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैभव सूर्यवंशीले ३१ बलमा ८६ रन प्रहार गरेपछि भारतीय यु-१९ टोलीले इंग्ल्यान्ड यु-१९ विरुद्ध चार विकेटको शानदार जित निकालेको छ।

इंग्ल्यान्डसँगको तेस्रो एक दिवसीय खेलमा भारतले चार विकेटको जित हात पारेको हो। ४० ओभरमा घटाइएको खेलमा इंग्ल्यान्डले दिएको २६९ रन पछ्याएको भारतले ३३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा २७४ रनको योगफल खडा गरेको हो।

आठौँ ओभरको अन्तिम बलमा अलेक्जेन्डर वेडको बलमा आउट हुनुअघि सूर्यवंशीले ६ चौका र ९ छक्का प्रहार गरेका थिए। भारतका लागि विहान मलहोत्राले ३४ बलमा ४६, कनिश्क चौहानले ४३, आर एस अम्बरिसले ३१ रन प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा २६८ रनको योगफल खडा गरेको थियो। इंग्ल्यान्डका लागि कप्तान थोमस रेउले ४४ बलमा अविजित ७६ रन प्रहार गरे। रेउले ९ चौका र ३ छक्का प्रहार गरे। भारतका चौहानले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।

जितपछि ५ खेलको शृङ्खलामा भ्रमणकारी भारतले २-१ को अग्रता बनाएको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : ५१ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त