सूर्यवंशीको विस्फोटक पारीमा इंग्ल्यान्डमाथि भारत विजयी: ३१ बलमा ८६ रन « Khabarhub

सूर्यवंशीको विस्फोटक पारीमा इंग्ल्यान्डमाथि भारत विजयी: ३१ बलमा ८६ रन


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैभव सूर्यवंशीले ३१ बलमा ८६ रन प्रहार गरेपछि भारतीय यु-१९ टोलीले इंग्ल्यान्ड यु-१९ विरुद्ध चार विकेटको शानदार जित निकालेको छ।

इंग्ल्यान्डसँगको तेस्रो एक दिवसीय खेलमा भारतले चार विकेटको जित हात पारेको हो। ४० ओभरमा घटाइएको खेलमा इंग्ल्यान्डले दिएको २६९ रन पछ्याएको भारतले ३३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा २७४ रनको योगफल खडा गरेको हो।

आठौँ ओभरको अन्तिम बलमा अलेक्जेन्डर वेडको बलमा आउट हुनुअघि सूर्यवंशीले ६ चौका र ९ छक्का प्रहार गरेका थिए। भारतका लागि विहान मलहोत्राले ३४ बलमा ४६, कनिश्क चौहानले ४३, आर एस अम्बरिसले ३१ रन प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा २६८ रनको योगफल खडा गरेको थियो। इंग्ल्यान्डका लागि कप्तान थोमस रेउले ४४ बलमा अविजित ७६ रन प्रहार गरे। रेउले ९ चौका र ३ छक्का प्रहार गरे। भारतका चौहानले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।

जितपछि ५ खेलको शृङ्खलामा भ्रमणकारी भारतले २-१ को अग्रता बनाएको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : ५१ बजे

कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल

काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन