एसीसी यु-१६ : सेमिफाइनलमा आयोजक मलेसियासँग भिड्दै नेपाल « Khabarhub

एसीसी यु-१६ : सेमिफाइनलमा आयोजक मलेसियासँग भिड्दै नेपाल


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल भेट पक्का गरेको हो ।

मलेसिया र नेपालको सेमिफाइनल भिडन्त बिहीबार बिहान ७ः ४५ बजे मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा हुँदैछ।

समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

फाइल तस्बिर क्यान

नेपाल आज मलेसियालाई हराउँदै उपाधि जित्ने दाउमा छ । दोस्रो सेमिफाइनलमा भने आजै हङकङ र सिंगापुर भिड्दै छन् । हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो ।

सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ६ : १३ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर