कप्तान गिलको शतकको सहयोगमा भारत बलियो « Khabarhub

कप्तान गिलको शतकको सहयोगमा भारत बलियो


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान शुभमन गिलको शानदार व्याटिङका कारण इङ्गल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत बलियो अवस्थामा छ। पहिलो दिनको खेल सकिँदा भारतले ५ विकेटको क्षतिमा ३१० रन बनाएको छ।

कप्तान गिल ११४ रनमा अविजित छन्। भारतका यशश्वी जयसवालले ८७ रन जोडे। दोस्रो दिन ४१ रनमा खेलिरहेका रवीन्द्र जडेजाले गिललाई साथ दिने छन्।

इङ्ग्लिस कप्तान बेन स्टोक्सले लगातार दोस्रो टेस्टमा टस जितेर फिल्डिङ रोजेपछि भारतले १५ रन नजोड्दै के एल राहुलको विकेट क्रिस वोक्सले लिए। राहुलले दुई रन जोडे। ओक्सले ५९ रन खर्चेर दुई विकेट लिए। यस टेस्टमा स्टार बलर जसप्रित बुमराहलाई भारतले आराम दिएको छ।

पहिलो टेस्ट खेलेका साइ सुदर्शन र शार्दूल ठाकुर पनि दोस्रो टेस्टमा खेलाइएनन्। नितिस कुमार रेड्डी, आकाश दीप र वासिङ्टन सुन्दरले दोस्रो टेस्टमा मौका पाएका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : १४ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी