कप्तान गिलको शतकको सहयोगमा भारत बलियो « Khabarhub

कप्तान गिलको शतकको सहयोगमा भारत बलियो


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान शुभमन गिलको शानदार व्याटिङका कारण इङ्गल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत बलियो अवस्थामा छ। पहिलो दिनको खेल सकिँदा भारतले ५ विकेटको क्षतिमा ३१० रन बनाएको छ।

कप्तान गिल ११४ रनमा अविजित छन्। भारतका यशश्वी जयसवालले ८७ रन जोडे। दोस्रो दिन ४१ रनमा खेलिरहेका रवीन्द्र जडेजाले गिललाई साथ दिने छन्।

इङ्ग्लिस कप्तान बेन स्टोक्सले लगातार दोस्रो टेस्टमा टस जितेर फिल्डिङ रोजेपछि भारतले १५ रन नजोड्दै के एल राहुलको विकेट क्रिस वोक्सले लिए। राहुलले दुई रन जोडे। ओक्सले ५९ रन खर्चेर दुई विकेट लिए। यस टेस्टमा स्टार बलर जसप्रित बुमराहलाई भारतले आराम दिएको छ।

पहिलो टेस्ट खेलेका साइ सुदर्शन र शार्दूल ठाकुर पनि दोस्रो टेस्टमा खेलाइएनन्। नितिस कुमार रेड्डी, आकाश दीप र वासिङ्टन सुन्दरले दोस्रो टेस्टमा मौका पाएका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : १४ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा