रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन | Khabarhub Khabarhub

रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले सोधेको स्पष्टीकरणबारे केही जानकारी नभएको बताएकी छन् ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू हुँदै गर्दा पुगेकी उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै सञ्चारमाध्यममा स्पष्टीकरण सोधिएको बताइन् ।

‘स्पष्टीकरण सञ्चारमाध्यमतिर सोध्नुभएको रहेछ, केही शक्तिशाली पदाधिकारीले,’ नेतृ झाँक्रीले भनिन्, ‘मलाई त स्पष्टीकरण सोधिएको छैन । मैले पनि आज बिहानभरी कान पाकुञ्जेल त्यही कुरा सुनेँ ।’

उनले टेलिभिजनबाट स्पष्टीकरण सोधिने र पार्टीबाट निकाल्ने भनेर नेताहरूको अभिव्यक्ति सुनेको पनि बताइन् ।

‘टेलिभिजनबाट स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ, याँ ऊँ भनेको सुनेको थिएँ । त्यो मैले बालेको कन्टेन्टको हिसाबले,’ उनले भनिन्, ‘पार्टीले १५ गते क्रिया–प्रतिक्रिया नगर्नु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरू प्रोत्साहन गरेजस्तो भयंकरै बोल्नुभएको छ ।’

उनले जिम्मेवार पदाधिकारीहरूले आफूविरुद्ध व्यक्तिगत तहमा उत्रिएर गालीगालौज गरेको पनि गुनासो गरिन् । ‘व्यक्तिगत तहमा पनि, गाली गलौजमा, बडी सेमिङमासम्म बोलिरहनुभएको छ,’ झाँक्रीले भनिन् ।

उनले पार्टीको सचिवालय बैठकमा बोलाउन माग गर्दै आफू निवेदन लिएर पार्टी कार्यालय पुगेको पनि बताइन् ।

‘जिम्मेवार पदाधिकारी बोलिरहेको विषयमा के हो त, स्पष्टीकरण मलाई पनि नसोध्ने, बाहिर–बाहिर सोध्ने के हो कुरा ? तपाईंहरूको बैठकमा मलाई बोलाउनुस्, म त्यसको जवाफ स-विस्तार दिन्छु,’ उनले भनिन्, ‘म कुन कन्टेस्टमा बोलेँ, कुन कन्टेन्टमा बोलेँ । मेरो कुराको भनाइ के हो र गलत हो भने कसरी हो ? त्यसमा म हरप्रकारको तथ्य प्रमाण बैठकमै उपस्थित भएर बोल्छु भनेर एउटा निवेदन लिएर आएको हुँ ।’

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : १२ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको