विवादित काश्मीरमा हिन्दु तीर्थयात्रा सुरु « Khabarhub

विवादित काश्मीरमा हिन्दु तीर्थयात्रा सुरु


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पहलगाम– हिन्दुहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल तीर्थयात्रा सुरु गरेका छन् । धेरै श्रद्धालुहरू अप्रिलको घातक आक्रमणले पाकिस्तानसँग द्वन्द्व निम्त्याएको ठाउँ नजिकैबाट यात्रा सुरु गरेका छन् ।

गत वर्ष पहलगाम सहरको माथिको जङ्गलले घेरिएको हिमाली पहाडको गुफामा अवस्थित पवित्र बरफ स्तम्भको अमरनाथ तीर्थयात्रामा पाँच लाख भक्तजनले भाग लिएका थिए ।

पहलगाम त्यो स्थल हो जहाँ २२ अप्रिलमा बन्दुकधारीहरूले २६ जना हिन्दु पर्यटकको हत्या गरेका थिए । नयाँदिल्लीले बन्दुकधारीहरूलाई पाकिस्तानको समर्थन रहेको बताएको थियो भने इस्लामाबादले उक्त दाबीलाई अस्वीकार गरेको थियो । बन्दुकधारीको उक्त आक्रमणले परस्पर कूटनीतिक उपायहरूको शृङ्खला सुरु गर्‍यो र यो चार दिनको द्वन्द्वमा परिणत भयो ।

सन् १९९९ पछि आणविक–सशस्त्र यी दुई मुलुकले गरेको यो सबैभन्दा खराब गतिरोध थियो । मे १० को युद्धविरामअघि दुवै पक्षमा मिसाइल, ड्रोन र तोप आक्रमणमा ७० भन्दा बढी मानिस मारिएका थिए ।

तर उत्तर प्रदेश राज्यबाट यात्रा गरेका तीर्थयात्री मुनेश्वर दास शास्त्रीले भने, ‘कुनै पनि प्रकारको डर छैन, हाम्रो सेनाले जताततै पहरा दिइरहेको छ । कसैले पनि हामीतिर औँला उठाउन सक्दैन ।’

भारतले यस कार्यक्रमका लागि सुरक्षा बढाएको छ । हिन्दु धर्मका संहारकर्ता देवता शिवलाई समर्पित उच्च उचाइको गुफामा पुग्ने कठिन यात्राको निरीक्षण गर्न उच्च प्रविधिको निगरानी उपकरणहरूसहित ४५ हजार सेना तैनाथ गरिएको छ ।

‘तीर्थयात्रीहरूलाई सुरक्षित र सहज बनाउन हामीसँग बहुस्तरीय र गहिरो सुरक्षा व्यवस्था छ’, मुस्लिम बहुल क्षेत्रका प्रहरी प्रमुख भीके बर्डीले भने ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : ४९ बजे

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६