दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म | Khabarhub Khabarhub

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन– व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल बीउ उत्पादनको काम सुरु गरेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाबाट ल्याइएको धानको मूल बीउ उत्पादन गर्न थालिएको हो।
 
फार्म प्रमुख सुरुची त्रिपाठीका अनुसार मकवानपुर १ र हर्दिनाथ ६ जातको धानको मूल बीउ उत्पादन थालिएको हो । त्यसका लागि फार्म रहेको जग्गामा बीउ राखिएको छ । 

उनले भने, “दुई हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गर्ने गरी काम गरिएको छ ।”

बीउ उत्पादनका लागि हर्दिनाथ ६० किलो र मकवानपुर ३० किलो धान ल्याएर ट्रेमा बीउ लगाइएको छ । यहाँ उत्पादित बीउलाई पछि समुह र सहकारीमार्फत किसानकामा पुर्‍याइने छ ।
 
दुई हेक्टर जग्गामा करिब ५० क्विन्टल धानको बीउ उत्पादन हुने गरेको उनले बताए। विगतका वर्षमा सावित्री, मकवानपुर १ र बहुगुणी जातका धानको बीउ उत्पादन गरी किसानकामा पुर्‍याइएको उनले बताए। 

उनले भने, ‘किसानले बीउमा समस्या भोग्नु नपारेस् भनेर धानको बीउ फार्मले उत्पादन गर्दै आएको छ ।’ 

यहाँ उत्पादित धानको मूल बीउको माग बढ्दै गएको उनले बताए। धानको मूल बीउबाहेक खाद्यान्नमा समेत प्रयोग हुने गरेको छ । 

गत वर्ष यहाँ उत्पादित धानको मूल बीउमध्ये २८ क्वीन्टल बीउको रुपमा बिक्री गरिएको थियो । यस फार्ममा अहिले च्याउखेतीमा प्रविधि प्रदर्शन, मेवाको बिरुवा उत्पादन, किम्बुका बिरुवा उत्पादन तथा बिक्री वितरण लगायतका काम हुँदै आएका छन् ।
 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : ५२ बजे

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन