मेराविरुद्ध नेताहरूले दिएको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छु : रामकुमारी झाँक्री « Khabarhub

मेराविरुद्ध नेताहरूले दिएको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छु : रामकुमारी झाँक्री


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण सोधेको भन्ने विषय निराधार भएको बताएकी छन् ।  

आफूमाथि उठेका विषयमाथि सचिवालय बैठकमा नै प्रस्ट पार्न पाउ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुगेकी झाँक्रीले स्पष्टीकरणको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा निराधार भएको बताएकी हुन् ।

आफूले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भई निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिक रूपमा प्रतिक्रिया नदिएको उनले बताइन् । 

तर पार्टीका ठूला नेताहरूले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसाबले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ ।  

उनले आफूले बोलेका विषयमा भने बैठकमा आफ्ना कुरा राख्ने उल्लेख गरिन् । स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थित भई स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराइन् । 

झाँक्रीले असार १४ गते युवा संघ लुम्बिनी प्रदेशको भेलामा समय अगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै