कृषिमन्त्री अधिकारीले भने- पशु कल्याण ऐन छिट्टै जारी हुन्छ  « Khabarhub

कृषिमन्त्री अधिकारीले भने- पशु कल्याण ऐन छिट्टै जारी हुन्छ 


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही सरकारको पालामा पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपालले आयोजना गरेको पशु कल्याण सम्बन्धी चुनौती तथा वर्तमान अवस्थामा पशु कल्याण ऐन तथा व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले ऐनको मस्यौदा तयार भइसकेको र अब छिट्टै सरोकारवालासँग छलफल गरी ऐन ल्याउने तयार भइरहेको बताए ।  

एनिमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाहले पशु कल्याण ऐनको आवश्यकता रहेको बताउँदै यसले पशुपन्छीमाथि हुने क्रूर व्यवहार कम गर्न सहयोग पुग्ने र समयसापेक्ष संशोधन आवश्यक रहेको जोड दिइन् । 

कार्यक्रममा पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.आभास पौडेलले मानव-पशु सम्बन्ध, पशु कल्याण, अधिकार र मुलुकी ऐनका व्यवस्थाबारे प्रस्तुति दिए । उनले पशु कल्याण ऐनका लागि पशु कल्याण महासंघमार्फत एकीकृत आवाज उठाउँदा प्रभावकारी हुने सुझाए ।

एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले प्रत्येक जीवको स्वतन्त्र बाँच्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । उनले पशु कल्याणका मापदण्ड बने पनि कार्यान्वयन नहुँदा पशुपन्छीले दुख भोग्नुपरेको गुनासो गरिन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ०९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु