कृषिमन्त्री अधिकारीले भने- पशु कल्याण ऐन छिट्टै जारी हुन्छ  « Khabarhub

कृषिमन्त्री अधिकारीले भने- पशु कल्याण ऐन छिट्टै जारी हुन्छ 


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही सरकारको पालामा पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपालले आयोजना गरेको पशु कल्याण सम्बन्धी चुनौती तथा वर्तमान अवस्थामा पशु कल्याण ऐन तथा व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले ऐनको मस्यौदा तयार भइसकेको र अब छिट्टै सरोकारवालासँग छलफल गरी ऐन ल्याउने तयार भइरहेको बताए ।  

एनिमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाहले पशु कल्याण ऐनको आवश्यकता रहेको बताउँदै यसले पशुपन्छीमाथि हुने क्रूर व्यवहार कम गर्न सहयोग पुग्ने र समयसापेक्ष संशोधन आवश्यक रहेको जोड दिइन् । 

कार्यक्रममा पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.आभास पौडेलले मानव-पशु सम्बन्ध, पशु कल्याण, अधिकार र मुलुकी ऐनका व्यवस्थाबारे प्रस्तुति दिए । उनले पशु कल्याण ऐनका लागि पशु कल्याण महासंघमार्फत एकीकृत आवाज उठाउँदा प्रभावकारी हुने सुझाए ।

एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले प्रत्येक जीवको स्वतन्त्र बाँच्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । उनले पशु कल्याणका मापदण्ड बने पनि कार्यान्वयन नहुँदा पशुपन्छीले दुख भोग्नुपरेको गुनासो गरिन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ०९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन