दुर्गम क्षेत्र र पछाडि पारिएको समुदायबाट एसईई गरेका दुई जनालाई छात्रवृत्तिमा पढाइने « Khabarhub

दुर्गम क्षेत्र र पछाडि पारिएको समुदायबाट एसईई गरेका दुई जनालाई छात्रवृत्तिमा पढाइने


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले दुर्गम क्षेत्र र पछाडि पारिएको समुदायबाट एसईई उत्तीर्ण गरेका दुई जनालाई छात्रवृत्तिमा पढाइने बताएका छन् । 

उनले एक्स (ट्विटर) मा पोस्ट गर्दै उच्च शिक्षामा अवसर खोज्दै गरेका विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसर भएको बताएका हुन् । 

बजगाईंले काठमाडौंमा विज्ञान तथा व्यवस्थापन विषयमा अध्ययन गराउने एक प्रतिष्ठित कलेजका सञ्चालकले दुई जना योग्य विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति सीट उपलब्ध गराउने पनि उल्लेख गरेका छन् । 

‘तपाईँलाई यस्तो विद्यार्थीको जानकारी छ– विशेषगरी दुर्गम क्षेत्र वा पछाडि पारिएको समुदायबाट जसले एसईई उत्तीर्ण गरेका छन् र उच्च शिक्षामा अवसर खोज्दैछन् भने, कृपया विद्यार्थीको विवरण छिटोभन्दा छिटो इमेल ठेगानामा पठाउनुहोस्,’ उनले लेखेका छन् । 

सांसद बजगाईंलाई [email protected]मा विवरण उपलब्ध गराउन सकिने छ । उनले छात्रवृत्ति उपलब्ध गराउने काठमाडौंको क्याम्पसको नाम भने खुलाएका छैनन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ४८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु