अर्जुननरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी « Khabarhub

अर्जुननरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले पार्टीका आम कार्यकर्ताले सत्ता गठबन्धनभित्रको सम्बन्ध समर्पणवादी भएको गुनासो गरिरहेका पनि बताए । 

‘आमजनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएको जस्तो ठान्ने प्रवृत्ति र सुनवाइ गर्ने संयन्त्र समग्र पार्टी नभएर गुट-उपगुट केन्द्रित हुँदा परिस्थितिमा अरु जटिलता थपिँदै गएको छ,’ नेता केसीले भने । 

सत्ता र गुट–उपगुटमा मात्र केन्द्रित नभएर आमजनताको भावना सम्बोधन गर्दै पार्टीलाई जनता र कार्यकर्तासँग जोडेर समाधानको बाटो हिँड्ने संकल्प अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । 

टालटुले, छलछाम वा यान्त्रिक तरिकाले आफैँभित्र कसैलाई देवत्वकरण गर्ने र असहमत विचारलाई उपेक्षा गर्ने प्रवृत्तिले विनासको बाटोतिर उन्मुख गराउने केसीले बताए । 

‘वादविवाद र प्रतिवादको प्रक्रियाको नै प्रजातन्त्र हो । विचारका कटुता र तीब्र द्वन्द्वबाट खारिएर आएको सुन्दर सारांश नै प्रजातन्त्रको सौन्दर्य भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन,’ उनले भने ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  २ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै