अर्जुननरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी « Khabarhub

अर्जुननरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले पार्टीका आम कार्यकर्ताले सत्ता गठबन्धनभित्रको सम्बन्ध समर्पणवादी भएको गुनासो गरिरहेका पनि बताए । 

‘आमजनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएको जस्तो ठान्ने प्रवृत्ति र सुनवाइ गर्ने संयन्त्र समग्र पार्टी नभएर गुट-उपगुट केन्द्रित हुँदा परिस्थितिमा अरु जटिलता थपिँदै गएको छ,’ नेता केसीले भने । 

सत्ता र गुट–उपगुटमा मात्र केन्द्रित नभएर आमजनताको भावना सम्बोधन गर्दै पार्टीलाई जनता र कार्यकर्तासँग जोडेर समाधानको बाटो हिँड्ने संकल्प अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । 

टालटुले, छलछाम वा यान्त्रिक तरिकाले आफैँभित्र कसैलाई देवत्वकरण गर्ने र असहमत विचारलाई उपेक्षा गर्ने प्रवृत्तिले विनासको बाटोतिर उन्मुख गराउने केसीले बताए । 

‘वादविवाद र प्रतिवादको प्रक्रियाको नै प्रजातन्त्र हो । विचारका कटुता र तीब्र द्वन्द्वबाट खारिएर आएको सुन्दर सारांश नै प्रजातन्त्रको सौन्दर्य भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन,’ उनले भने ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  २ : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन