तरुण दल शुक्लाफाँटाको अध्यक्षमा नरेन्द्र चन्द  « Khabarhub

तरुण दल शुक्लाफाँटाको अध्यक्षमा नरेन्द्र चन्द 


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलको नगर समिति गठन गरिएको छ । 

कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालयको कार्यालयमा बिहीबार कार्यक्रमको आयोजना गरेर नरेन्द्रबहादुर चन्दको अध्यक्षतामा तरुण दलको नगर समिति गठन गरिएको हो । 

नवगठित समितिको उपाध्यक्षमा दिपेन्द्रबहादुर सिंह, सचिवमा करन सिंह ठगुन्ना, सहसचिवमा राजेन्द्रबहादुर ऐर, कोषाध्यक्षमा शान्ति लुहार र सदस्यमा रामसिंह राना सर्वसम्मत चयन भएका छन् । 

शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाको प्रतिनिधित्व हुने गरी सदस्यहरू थप गरेर १६ सदस्यीय नगर समिति बनाइने कांग्रेसले जनाएको छ । 

तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दको अध्यक्षतामा आयोजित नगर समिति गठन कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सहमहान्त्री चिन्तामणी भट्ट प्रमुख अतिथि थिए । 

कार्यक्रममा जिल्ला अध्यक्ष चन्दले नवगठित समितिलाई पार्टीलाई योगदान पुग्ने गरी काम गर्न निर्देशन दिए । ‘पार्टीले हामीलाई के दियो भन्दा पनि हामीले पार्टीलाई के दियौँ भन्ने हिसाबले काम गर्नुपर्छ,’ उनले भने, ‘काम गर्‍यो भने फल पनि मिल्छ । पार्टीलाई थप मजबुत बनाउने गरी काम गर्नुहोला ।’

समाज परिवर्तनका लागि तरूण दलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको चन्दले बताए । ‘गलतलाई हामी स्वीकार गर्दैनौँ, कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ,’ उनले भने ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ३ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै