तरुण दल शुक्लाफाँटाको अध्यक्षमा नरेन्द्र चन्द  « Khabarhub

तरुण दल शुक्लाफाँटाको अध्यक्षमा नरेन्द्र चन्द 


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलको नगर समिति गठन गरिएको छ । 

कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालयको कार्यालयमा बिहीबार कार्यक्रमको आयोजना गरेर नरेन्द्रबहादुर चन्दको अध्यक्षतामा तरुण दलको नगर समिति गठन गरिएको हो । 

नवगठित समितिको उपाध्यक्षमा दिपेन्द्रबहादुर सिंह, सचिवमा करन सिंह ठगुन्ना, सहसचिवमा राजेन्द्रबहादुर ऐर, कोषाध्यक्षमा शान्ति लुहार र सदस्यमा रामसिंह राना सर्वसम्मत चयन भएका छन् । 

शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाको प्रतिनिधित्व हुने गरी सदस्यहरू थप गरेर १६ सदस्यीय नगर समिति बनाइने कांग्रेसले जनाएको छ । 

तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दको अध्यक्षतामा आयोजित नगर समिति गठन कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सहमहान्त्री चिन्तामणी भट्ट प्रमुख अतिथि थिए । 

कार्यक्रममा जिल्ला अध्यक्ष चन्दले नवगठित समितिलाई पार्टीलाई योगदान पुग्ने गरी काम गर्न निर्देशन दिए । ‘पार्टीले हामीलाई के दियो भन्दा पनि हामीले पार्टीलाई के दियौँ भन्ने हिसाबले काम गर्नुपर्छ,’ उनले भने, ‘काम गर्‍यो भने फल पनि मिल्छ । पार्टीलाई थप मजबुत बनाउने गरी काम गर्नुहोला ।’

समाज परिवर्तनका लागि तरूण दलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको चन्दले बताए । ‘गलतलाई हामी स्वीकार गर्दैनौँ, कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ,’ उनले भने ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ३ : ३८ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६