केपी ओलीलाई रियल मड्रिडमा ७ नम्बरको जर्सी ! « Khabarhub

केपी ओलीलाई रियल मड्रिडमा ७ नम्बरको जर्सी !


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई चर्चित स्पेनिस फुटबल क्लब रियल मड्रिडले ७ नम्बरको जर्सी दिएर सम्मान गरेको छ।

बिहीबार रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालामा पुगेका ओलीलाई चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी दिएर स्वागत गरिएको हो ।

ओ‌लीलाई नवनिर्मित अत्याधुनिक सान्टियागो बर्नाबाउ रंगशालामा रियल मड्रिडका न्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले ७ नम्बरको जर्सी दिएर स्वागत गरेका हुन् ।

रोनाल्डोले क्लब छाडेपछि अहिले उक्त ७ नम्बरको जर्सी ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले लगाउने गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गत असार १४ गते स्पेनतिर गएका थिए । उनले त्यहाँ संयुक्त राष्ट्रसंघको विभिन्न कार्यक्रम र अल्पविकसित मुलुकको बैठकको अध्यक्षता पनि गरे ।

तस्बिरहरू : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ४ : ०६ बजे

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा

लिचीबारी भ्रष्टाचार मुद्दामा रञ्जितालाई राहत, पाँच लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा