गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ | Khabarhub Khabarhub

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा छ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले निजहरूलाई ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गै कानुनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

सो कम्पनीको शाखाका रूपमा काठमाडौँ महानगरपालिका–१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ५२ जना पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५०, ल्यापटप सात थान र मोबाइल ५४ थानसमेत बरामद गरिएको प्रहरीको भनाइ छ । 

पक्राउमध्ये छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जनामाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ४ : ०८ बजे

खेतमा बाढी पस्दा धानबालीमा क्षति

भोजपुर– खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको

झण्डै ५० जना सवार रुसी विमान साइबेरियामा बेपत्ता

काठमाडौं– रुसमा झण्डै ५० जना सवार बिमान बेपत्ता भएको छ

काँकरभिट्टा नाकाबाट १९ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा– गत आर्थिक वर्ष २०८१–०८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ८३ वन्यजन्तु मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु

धितोपत्र बोर्डका सात नीति, ८८ कार्यक्रम : यो वर्ष के गर्दैछ पुँजीबजार नियामकले ?

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का