केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौँ : उर्मिला थपलिया  « Khabarhub

केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौँ : उर्मिला थपलिया 

केन्द्रीय समिति र आम चुनावमा ४० मुनिका युवा २० प्रतिशत अनिवार्य  गरौँ ।


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् । 

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा  भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् । प्रदेश प्रतिनिधिहरू नै प्रदेश कार्यसमितिमा आउनुपर्ने उनको धारणा छ । 

केन्द्रीय सदस्य थपलियाले पार्टीमा युवा प्रतिनिधित्व बढाउन पनि माग गरिन् । त्यसका लागि पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्दा ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गर्न प्रस्ताव गरिन् ।

त्यस्तै थपलियाले पार्टीको वडा कार्यसमितिलाई मजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएकी छन् । ` खल्तीबाट बजेट हाल्ने सिस्टम गलत छ । आयोजना बैंक बनाएर आवश्यकताअनुसार बजेट हाल्ने गर्नुपर्छ । यसो भएमा बिचौलिया  र कर्मचारीतन्त्र हाबी हुन  रोकिन्छ,´ बैठकमा उनले भनिनन् । 

त्यस्तै भातृसंस्थाका बारेमा बोल्दै  नेविसंघ पूर्वमहामन्त्री समेत रहेकी थपलियाले भातृ तथा  शुभेच्छुक संस्थाको अधिवेशन २/२ वर्षमा अधिवेशन अनिवार्य  गरौँ । नियमित अधिवेशन हुन नसके सम्बन्धित तहका पार्टी  नेतृत्वले समय अवधिमा अधिवेशन नभए नेतृत्व चयन गर्न सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : ०४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु