इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता « Khabarhub

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा डुब्दा बिहीबारसम्म कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीहरूले दर्जनौँको विवरण नभएको उल्लेख गर्दै अहिलेसम्म २३ जनाको जीवितै उद्धार गरिएको बताएका छन् ।

इन्डोनेसियाको मुख्य टापु जाभाबाट लोकप्रिय छुट्टी गन्तव्यमा जाँदै गर्दा बुधबार मध्यरातअघि ६५ यात्रु बोकेको जहाज डुब्दा उद्धारकर्ताहरूले समुद्मा ३८ बेपत्ताहरूको खोजी कार्य भइरहेको बताएका छन् ।

डुङ्गा प्रस्थान गरेको पूर्वी जाभाको बन्युवाङ्गीका प्रहरी प्रमुख रामा सम्तमा पुत्राले भने, ‘२३ जनाको उद्धार गरिएको छ, चार जनाको मृत्यु भएको छ ।’

साउदी अरबको भ्रमणमा रहेका  राष्ट्रपति प्रबोवो सुबिआन्तोले तत्काल आपत्कालीन प्रतिक्रियाको आदेश दिएका छन्। क्याबिनेट सचिव टेडी इन्दिरा विजयाले बिहीबार एक विज्ञप्तिमा दुर्घटनाको कारण ‘खराब मौसम’ रहेको बताए।

जाभास्थित सुराबाया खोज र उद्धार एजेन्सीका प्रमुख नानांग सिगिटले एक विज्ञप्तिमा घटनाको तथ्याङ्कको पुष्टि गर्दै डुङ्गामा पुग्ने प्रयासहरू सुरुमा प्रतिकूल मौसमको अवस्थाले असहज भएको र पछि पछि हटाइएको बताए। 

एजेन्सीले यसअघि ६१ जना बेपत्ता भएको र चार जनालाई उद्धार गरिएको बताएको थियो । केएमपी टुनु प्रतामा डुङ्गा प्रस्थान गरेको करिब २५ मिनेटपछि डुबेको एजेन्सीले बताएको छ । एजेन्सीको तथ्याङ्क अनुसार डुङ्गामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : १७ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै