कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि « Khabarhub

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने विश्वव्यापी अनुमानबीच जुनमा अमेरिकी रोजगारी दरमा अपेक्षा गरिएभन्दा बढी रोजगारी थपिएको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ ।

श्रम विभागका अनुसार मे महिनामा एक लाख ४४ हजारको हाराहारीमा रहेको रोजगारी दरमा गत महिना एक लाख ४७ कायम भएको बताइएको छ । 
बेरोजगारी दर ४.२ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ भने तलब वृद्धि ०.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ को महामारीपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले तुलनात्मक रूपमा राम्रो वृद्धि देखेको छ । लचिलो रोजगारीको बजारले उपभोक्ताहरूलाई खर्च गरिरहन अनुमति दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल, आल्मुनियम र कारको आयातमा चर्को कर वृद्धिसहित अमेरिकी व्यापारिक साझेदारहरूमाथि लगाएको करले उपभोक्ताको भावनालाई तानेको छ र व्यापार अनिश्चिततालाई बढावा दिएको छ ।
 
यो विशेष गरी अमेरिकी राष्ट्रपतिको करवृद्धिको घोषणा गर्ने, त्यसपछि समायोजन गर्ने वा उपायहरू रोक्ने दृष्टिकोणले गर्दा फर्महरू लगानीमा सतर्क भएका छन् ।

सम्भवतः अर्को हप्तादेखि लागू हुने कर वृद्धिको अर्को श्रृङ्खलालाई मध्यनजर गर्दै विश्लेषकहरूले रोजगार बजारमा कमजोरीको सम्भावनाबारे निगरानी गरिरहेका छन् र फर्म तथा कम्पनीले थप भर्ती र रोजगारीका अवसर विस्तारबाट पछाडि हट्न सक्ने संकेत देखिएका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ७ : ३६ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले