नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने « Khabarhub

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले आज नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेका गरेका छन् । समितिले अनुगमन गर्दै संस्थाले उठाएका समस्यालाई नीतिगत छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा हालसम्म रु पाँच करोड बराबरको औषधि बिक्री गरिसकेको छ, जबकी अघिल्लो वर्ष कूल बिक्री चार करोड ७८ लाख नौ हजार २६३ रहेको थियो ।

उनले कम्पनीको वार्षिक औषधि उत्पादन तथा बिक्रीमा १० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको जनाउँदै भने, ‘यदि यो संस्थानलाई राम्ररी चलाउनु छ भने मन्त्रालयमार्फत होइन, नीतिगत स्पष्टता र लगानी आवश्यक छ । अहिले बजेट शून्य छ र सरकारी भवन भाडामा दिएर तलब धानिरहेका छौँ । सरकारले आफैँ उत्पादन गरेको औषधि पनि नकिन्ने हो भने हामी कसरी बाँच्ने ?’

महाप्रबन्धक पनेरुले तीनै तहका सरकारी निकायबाट औषधि खरिद गर्दा नेपाल औषधि लिमिटेडको उत्पादनलाई अनिवार्य प्राथमिकता दिने नीतिगत व्यवस्था आवश्यक रहेकामा जोड दिए ।

अनुगमनपछि समितिका सभापति अब्दुल खाँनले संस्थाको समस्या गम्भीर रहेको उल्लेख गर्दै संसद्को सम्बन्धित समितिमा छलफल गरेर समाधानको पहल गरिने जानकारी दिए ।

‘लिमिटेड सरकारी स्वामित्वमा रहेको संस्था हो’, उनले भने, ‘सरकारी निकायले आफैँले उत्पादन गरेको औषधि खरिद नगर्नु दुःखद हो । संस्थाले पनि क्षमता विस्तार गर्नुपर्छ, हामी आवश्यक छलफलमार्फत निकास खोज्छौँ ।’

हाल औषधि लिमिटेडले सिटामोल, जीवनजललगायत ११ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ भने आगामी वर्षमा यो सङ्ख्या २० पुर्याउने लक्ष्य राखिएको छ ।

संस्थाका अध्यक्ष यज्ञप्रसाद न्यौपानेका अनुसार हाल उत्पादनका हिसाबले संस्था सकारात्मक दिशामा अघि बढिरहेको छ । उनले उत्पादन राम्रो भएकै कारण विश्वस्वास्थ्य सङ्गठनबाट पनि मान्यता पाएको र छिट्टै २० प्रकारका औषधिहरू उत्पादनमा पुर्याइने जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : ४५ बजे

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की