सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त « Khabarhub

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी पदमुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री शाहका अनुसार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा चौधरीलाई हटाइएको हो। अब मन्त्रिपरिषद्को संख्या १० बाट घटेर ९ मा सीमित भएको छ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट प्रतिनिधित्व गर्ने चौधरीमाथि कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीले केही समयअघि नै राजीनामा दिन दबाब दिएका थिए। तर चौधरीले राजीनामा दिन अस्वीकार गरेपछि उनलाई पदबाट हटाइएको हो ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जीतु उपाध्यायले सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई बेवास्ता गरिएपछि विकल्पको रुपमा मुख्यमन्त्रीले आज मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेको जानकारी दिए।

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गत जेठमा मन्त्रीमा नियुक्त भएका थिए । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहनुभएका सोही पार्टीका लक्ष्मणकिशोर चौधरीले विवादस्पद ‘अडियो प्रकरण बाहिरिएपछि मुख्यमन्त्रीको निर्देशनमा पदबाट राजीनामा दिएका थिए ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा सत्ता गठबन्धन दल नेकपा ९एमाले० र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

कूल ५३ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्तिका सात जना सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११ छन् । प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी)का चार (एक निलम्वित), राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ९ : २३ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,