गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप « Khabarhub

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।

गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल ललितपुरको गोदावरी बस्ने ३३ वर्षका गुञ्जन राईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।

अदालतको आदेशले विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा छानबिन तथा अनुसन्धानका लागि ब्युरोलाई तीन दिनको म्याद प्राप्त भएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

उनले भने, “प्राविधिक विश्लेषण र अनुसन्धानबाट उक्त घटनामा राई नै संलग्न रहेको पाइयो, धेरै आइडी बनाएर यस्ता गतिविधि पनि गर्ने गरेको पाइएको छ, उनीमाथि अनुसन्धान जारी छ ।”

उनका अनुसार राईले चरित्र हत्या हुनेगरी पीडितको तस्बिर र भिडिओसमेत पोष्ट गर्ने र पीडितकै फेसबुकमा गालीगलौज गरी चरित्रहत्या हुने खालका विषय कमेन्ट बक्समा पोष्ट गर्ने गरेको पाइएको छ ।

गायिका चौहानले आफ्नो फेसबुक स्टाटसमा चरित्रहत्या हुनेगरी कमेन्ट गर्ने गरेको उल्लेख गर्दै यही असार १६ गते ब्युरोमा जाहेरी दिएकी थिइन् ।

गायिका चौहानले यो आफ्नो मात्रै लडाईं नभएको, चरित्रहत्या गर्ने अधिकार कसैलाई नभएकाले साथ दिन सार्वजनिक अनुरोधसमेत गरेकी छन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १० : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया