आज २०८२ साल साउन १८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १८ गते आइतबारको राशिफल


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अगष्ट ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा संकटको सामना गर्नुपर्ने दिन छ। परिवारमा विवाद बढ्ने जोखिम भएकाले थोरै बोल्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त रुष्ट बन्नेछन्। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। खानपानमा समस्या हुने जोखिम छ।

कर्कट : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त होला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ।

सिंह : दिन सामान्य छ। दैनिक काममा अवरोध देखिने छ। साथीभाइले विरोध गर्नेछन्। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्य र शिक्षामा थप मिहिनेतको खाँचो देखिन्छ।

कन्या : दिन राम्रो छ। अरुको विवादले तपाईंलाई नफा हुनेछ। जग्गाको कारोबारमा लाभ होला। राजनीतिक क्षेत्रमा सहयोग मिल्नेछ। विपक्षीसँगै परिवारको साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। अग्रजसँग परामर्श गरेर काम गर्दा मन हलुका हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। व्यापारमा नाफा हुनेछ। बौद्धिक साथीहरु विपक्षी कित्तामा पुगेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय खर्च नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरेमा फाइदा हुनेछ।

मकर : दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा उच्च व्यक्तिको आर्शिवाद पाइने छ। सेवाका अवसरको सदुपयोग गर्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढ्नेछ। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा जोखिम हुनेछ। अग्रजको सम्मान गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

मीन : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षामा पहुँच विस्तार हुनेछ। व्यापारमा नाफा होला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ०९ बजे

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको