भीरबाट लडेर एक पुरुषको मृत्यु « Khabarhub

भीरबाट लडेर एक पुरुषको मृत्यु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।

शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीय नान बुढाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भीरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा)ले बताइन् ।

जङ्गल घरबाट गल्फागाड खोलापारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन आइतबार स्थानीयवासी त्यसतर्फ लागेको उनले बताइन् ।

सो खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहानमात्र पारिवारलाई जानकारी आएको हो ।

जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन् । यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ११ : १४ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर