बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीकाे बधाई | Khabarhub Khabarhub

बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीकाे बधाई


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।’

भारतको नोएडामा गएराति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै ढाँटले उपाधि जितेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ११ : २२ बजे

सोमबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

साउनको सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल साउन १९ गते सोमबार। साउन

आज २०८२ साल साउन १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १९ गते सोमबार। साउन

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या