मालिकाका ठूला आयोजना अधुरा | Khabarhub Khabarhub

मालिकाका ठूला आयोजना अधुरा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन गरेका चारमध्ये तीन वटा आयोजना अधुरा छन् । एउटा आयोजनाको कामनै सुरु नभई ठेक्का तोडिएको हो । 

छ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित मालिकाको केन्द्र दरवाङबाट मालिका–१ को वडा कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ मा ठेक्का सम्झौता भई काम सुरु भएकामा अझै सकिएको छैन ।

विसं २०७८ माघ ७ गते जिके/आइएसएसी जेभीसँग ठेक्का सम्झौता भएको आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ७० प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले एक करोड २९ लाख रुपैयाँ भुक्तानी भएको आयोजनाको छैटौँ पटक थपिएको म्याद आगामी पुसमा सकिने जानकारी दिए ।

‘तीन करोड ३१ लाख ९९ हजार नौ सय ९९ लागत अनुमान गरिएको सडक निर्माणका लागि ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको कम्पनीसँग सम्झौता भएको थियो’, उनले भने, ‘अहिले थपिएको समयभित्र पनि काम नसके कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छौँ ।’ 

चार वर्ष पुरानो दरवाङ–निस्कोटमात्र नभएर मालिका गाउँपालिकाले गत आवमा ठेक्कामार्फत सञ्चालन गरेका तीन वटा आयोजना अधुरा छन् भने एउटाको काम सुरु नभई ठेक्का तोडिएको छ ।

एक करोड बजेट विनियोजन भएको निस्कोट–ताराखोला जोड्ने सडक निर्माण गर्न भएको ठेक्का सम्झौतामा वनसम्बन्धी मुद्दा परेपछि तोड्नु परेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । 

‘जग्गा खरिदका लागि विनियोजन गरिएको रु एक करोड बजेट पनि दुःख दिने र अल्झाउने नियतले अख्तियारमा परेको मुद्दाका कारण कार्यान्वयन हुन सकेको छैन’, उनले भने, ‘मुद्दा मामिला, उजुरीसँगै छनोट भएका ठेकेदारले पनि साथ नदिँदा गत वर्ष पुँजीगत शीर्षकमा विनियोजन भएको रु १८ करोडमध्ये ५२ प्रतिशत मात्र खर्च भएको छ ।’

गत आर्थिक वर्षमा ओमेन अस्कर निर्माण सेवासँग ठेक्का सम्झौता भएको दुखुवेँशी सिँचाइ आयोजना सम्पन्न भएको छ । 

४० लाख लागत अनुमान र करसहित २८ लाख २९ हजार एक सय ४५ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको ९० दशमलव ३६ प्रतिशत खर्च भएको आयोजना कार्यालयले जनाएको छ । 

मालिका–६ मा रहेको दुखुवेँशी सिँचाइ आयोजनाको मुहानमा बाँध र ४३ मिटर पक्की नहर निर्माण भएको अध्यक्ष गर्बुजाले जानकारी दिए । 

उनका अनुसार चट्टान निर्माण सेवाले विसं २०८१ माघ २९ गते ९८ लाख ३८ हजार दुई सय ९२ रुपैयाँ मा ठेक्का सम्झौता गरेको मालिका–३ डाँडागाउँ स्वास्थ्य चौकी भवन निर्माणको ३२ लाख ९० हजार दुई सय ४० रुपैयाँ मात्र खर्च भएको छ । 

अघिभारा–ताक्से–रुम मोटरबाटो निर्माणका लागि विसं २०८१ पुस २५ गते दुई करोड ४८ लाख ८७ हजार छ सय छ रुपैयाँमा विके कन्ट्रक्सनसँग सम्झौता भएको आयोजनाको जम्मा १७ लाख ६९ हजार दुई सय २० रुपैयाँ मात्र भुक्तानी भएको छ । 

सङ्घीय र प्रदेश सरकारको विशेष र समपुरक अनुदानका आयोजना तोकिएको समयमा नसकिँदा गाउँपालिकामा बजेटको दायित्व बढेको अध्यक्ष गर्बुजाले बताए । रासस

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १ : ४५ बजे

मेलुङको कृषि उपजले बजार लिँदै, काठमाडौंसम्मै आइपुग्यो अकबरे खुर्सानी

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकाले स्थानीय कृषकलाई उत्पादनसँग जोडेर व्यवसायीक र

अर्थतन्त्रमा सुधारबिना फुकेको नेप्सेमा भारी गिरावट

काठमाडौं– देशको अर्थतन्त्रमा कुनै उल्लेख्य सुधारबिना मौद्रिक नीतिको सहजीकरणले मात्रै

जल चढाउन हिँडेका सवार बोलेरो नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु

गोन्डा (भारत)– भारतको त्तर प्रदेशस्थित गोन्डा जिल्लामा आइतबार बिहान १०

कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको लोभलाग्दो च्याउखेती

नेपालगञ्ज– भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा

१५ लाख भूमिहीनलाई पुर्जा बाँड्ने तयारीमा सरकार 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले