मालिकाका ठूला आयोजना अधुरा « Khabarhub

मालिकाका ठूला आयोजना अधुरा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन गरेका चारमध्ये तीन वटा आयोजना अधुरा छन् । एउटा आयोजनाको कामनै सुरु नभई ठेक्का तोडिएको हो । 

छ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित मालिकाको केन्द्र दरवाङबाट मालिका–१ को वडा कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ मा ठेक्का सम्झौता भई काम सुरु भएकामा अझै सकिएको छैन ।

विसं २०७८ माघ ७ गते जिके/आइएसएसी जेभीसँग ठेक्का सम्झौता भएको आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ७० प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले एक करोड २९ लाख रुपैयाँ भुक्तानी भएको आयोजनाको छैटौँ पटक थपिएको म्याद आगामी पुसमा सकिने जानकारी दिए ।

‘तीन करोड ३१ लाख ९९ हजार नौ सय ९९ लागत अनुमान गरिएको सडक निर्माणका लागि ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको कम्पनीसँग सम्झौता भएको थियो’, उनले भने, ‘अहिले थपिएको समयभित्र पनि काम नसके कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छौँ ।’ 

चार वर्ष पुरानो दरवाङ–निस्कोटमात्र नभएर मालिका गाउँपालिकाले गत आवमा ठेक्कामार्फत सञ्चालन गरेका तीन वटा आयोजना अधुरा छन् भने एउटाको काम सुरु नभई ठेक्का तोडिएको छ ।

एक करोड बजेट विनियोजन भएको निस्कोट–ताराखोला जोड्ने सडक निर्माण गर्न भएको ठेक्का सम्झौतामा वनसम्बन्धी मुद्दा परेपछि तोड्नु परेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । 

‘जग्गा खरिदका लागि विनियोजन गरिएको रु एक करोड बजेट पनि दुःख दिने र अल्झाउने नियतले अख्तियारमा परेको मुद्दाका कारण कार्यान्वयन हुन सकेको छैन’, उनले भने, ‘मुद्दा मामिला, उजुरीसँगै छनोट भएका ठेकेदारले पनि साथ नदिँदा गत वर्ष पुँजीगत शीर्षकमा विनियोजन भएको रु १८ करोडमध्ये ५२ प्रतिशत मात्र खर्च भएको छ ।’

गत आर्थिक वर्षमा ओमेन अस्कर निर्माण सेवासँग ठेक्का सम्झौता भएको दुखुवेँशी सिँचाइ आयोजना सम्पन्न भएको छ । 

४० लाख लागत अनुमान र करसहित २८ लाख २९ हजार एक सय ४५ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको ९० दशमलव ३६ प्रतिशत खर्च भएको आयोजना कार्यालयले जनाएको छ । 

मालिका–६ मा रहेको दुखुवेँशी सिँचाइ आयोजनाको मुहानमा बाँध र ४३ मिटर पक्की नहर निर्माण भएको अध्यक्ष गर्बुजाले जानकारी दिए । 

उनका अनुसार चट्टान निर्माण सेवाले विसं २०८१ माघ २९ गते ९८ लाख ३८ हजार दुई सय ९२ रुपैयाँ मा ठेक्का सम्झौता गरेको मालिका–३ डाँडागाउँ स्वास्थ्य चौकी भवन निर्माणको ३२ लाख ९० हजार दुई सय ४० रुपैयाँ मात्र खर्च भएको छ । 

अघिभारा–ताक्से–रुम मोटरबाटो निर्माणका लागि विसं २०८१ पुस २५ गते दुई करोड ४८ लाख ८७ हजार छ सय छ रुपैयाँमा विके कन्ट्रक्सनसँग सम्झौता भएको आयोजनाको जम्मा १७ लाख ६९ हजार दुई सय २० रुपैयाँ मात्र भुक्तानी भएको छ । 

सङ्घीय र प्रदेश सरकारको विशेष र समपुरक अनुदानका आयोजना तोकिएको समयमा नसकिँदा गाउँपालिकामा बजेटको दायित्व बढेको अध्यक्ष गर्बुजाले बताए । रासस

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १ : ४५ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर