शाहरुख खानले जिते पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार   « Khabarhub

शाहरुख खानले जिते पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार  


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो तीन दशक लामो फिल्मी यात्रामा पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् । 

शुक्रबार आयोजित ७१औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा खानले चलचित्र ‘जवान’ मा गरेको अभिनयका लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका हुन् ।

‘जवान’ फिल्ममा शाहरुखले द्वैतो भूमिका निर्वाह गरेका थिए-एक सामाजिक न्यायको लागि लड्ने योद्धा बाबु र उसकै मार्ग पछ्याउने छोरा । यो भूमिकामा उनले देखाएको अभिनय कौशलको प्रशंसा समीक्षकहरूद्वारा व्यापक रूपमा गरिएको थियो ।

शाहरुख खानको यो पहिलो राष्ट्रिय पुरस्कार हो, जसले उनको लामो फिल्मी यात्रामा एक ऐतिहासिक उपलब्धि थपेको छ । यसअघि उनले ‘स्वदेश’, ‘चक दे! इन्डिया’, ‘देवदास’, ‘माई नेम इज खान’ जस्ता थुप्रै प्रशंसित फिल्महरूमा उल्लेखनीय अभिनय गरे पनि उनलाई राष्ट्रिय पुरस्कारले कहिल्यै छुन सकेको थिएन । 

यस पटकको जितसँगै उनका फ्यानहरू तथा फिल्म विश्लेषकहरूले उनको सम्मानलाई ‘ढिलो भए पनि उचित सम्मान’को रूपमा लिएका छन् । 

निर्देशक एट्लीको निर्देशनमा बनेको चलचित्र ‘जवान’ सन् २०२३ को सबैभन्दा सफल व्यावसायिक चलचित्रमध्ये एक हो, जसले बक्स अफिसमा कीर्तिमानी व्यापार गरेको थियो । 

शाहरुख खानसँग बलिउडमा बारम्बार सहकार्य गर्दै आएकी चर्चित अभिनेत्री रानी मुखर्जीले पनि अन्ततः आफ्नो पहिलो राष्ट्रिय चलचित्र पुरस्कार हात पारेकी छन् । 

भावनात्मक रूपमा गहिरो र सशक्त अभिनय प्रस्तुत गरेको ‘मिसेस चटर्जी भर्सेस नर्वे’ फिल्ममार्फत उनले सर्वश्रेष्ठ अभिनेत्रीको उपाधि जितेकी हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : ५९ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले