खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार « Khabarhub

खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । 

विभागले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो । 

कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले मान्यता दिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए । परीक्षण गरेपछि प्रत्ययन प्रमाणपत्र प्राप्त गर्न तीनदेखि चार वर्ष लाग्ने उनले बताए ।

क्षेत्र विस्तारसँगै विभागअन्तर्गतको प्रयोगशालाले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसबाट खाद्य तथा दाना पदार्थको नमूना विश्लेषणको विश्वसनीयता कायम राख्न तथा निर्यातमा सहजीकरण गर्न पनि सहयोग मिल्ने विश्वास विभागले लिएको छ । रासस

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : ०९ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर