अर्थतन्त्रमा सुधारबिना फुकेको नेप्सेमा भारी गिरावट « Khabarhub

अर्थतन्त्रमा सुधारबिना फुकेको नेप्सेमा भारी गिरावट


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको अर्थतन्त्रमा कुनै उल्लेख्य सुधारबिना मौद्रिक नीतिको सहजीकरणले मात्रै फुकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिनको कारोबारमा भारी गिरावट आएको छ । 

आइतबार नेप्सेमा १३ अर्ब सात करोड ५० लाख चार हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ६३.७३ अंकले घटेको हो ।

आइतबारको कारोबारमा दुई सय ३३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । नेप्से परिसूचकमा भारी गिरावट आउँदा आइतबार नेप्सेको पुँजीकरण पनि २.१८ प्रतिशतले घट्यो ।

आइतबार नेप्सेको सबै उपसमूह राताम्य बनेको छ जसमध्ये दुई सय ९७ दशमलव अर्थात् सबैभन्दा धेरै अंकले जीवन बिमा समूहमा गिरावट आएको छ ।

आइतबार नेप्सेमा भएको शेयर कारोबारमा ट्रेड टावर लिमिटेडको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सान्भी इनर्जीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : ४० बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको