नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला « Khabarhub

नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव फेला परेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा आइतबार कुँवरको शव फेला परेको हो । 

शव परीक्षण गर्नका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको जनाउँदै उनले कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दालगायतले खोजी गरेका बताए ।  
 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : ०६ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र