तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस « Khabarhub

तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एउटा यात्रुबस मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट खसेको छ। दुर्घटनामा २ जना यात्रु गम्भीर घाइते भएका छन् । अन्य तीनजना सामान्य घाइते छन् ।

गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दी नजिकै भीरमा खसेको तनहुँ प्रहरीले जनाएको छ ।

केही बेरअघि आँबुखैरेनी नजिकै दुर्घटना भएको बस भीरमा गएर अड्किएको छ। बस केही मिटरले मर्स्याङ्दीमा खस्नबाट जोगिएको छ।

प्रहरीका अनुसार उक्त बस सडकबाट अनियन्त्रि भएर कम्तीमा पनि ५० मिटर तल खसेको छ। प्रहरीले अहिले चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

बसको अगाडिको भाग दबिएकाले त्यहाँ थप यात्रु अड्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त बस निकाल्न प्रहरीले क्रेन झिकाएको छ। क्रेनले बस तानेपछि कति यात्रु बसभित्र थिए भन्ने खुल्ने प्रहरी बिट आँबुखैरेनीले उल्लेख गरेको छ।

यस स्थानबाट पहिले पनि बस दुर्घटना हुने गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : ३६ बजे

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना