जनार्दनलक्षित प्रचण्डको टिप्पणी- गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्छ « Khabarhub

जनार्दनलक्षित प्रचण्डको टिप्पणी- गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्छ


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पद्धति नमान्नेहरूले आत्मआलोचना गर्नुपर्ने बताएका छन् ।

आइबार बसेको स्थायी समिति बैठकपछि पेरिसडाँडाबाट बाहिरिने‍ क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डलाई पत्रकारले सोधे, ‘तपाईंले पनि आत्मआलोचना गर्ने हो ?’, जवाफमा उनले भने, ‘त्यस्तो होइन, जसले गल्ती गर्छ उसले आत्मआलोचना गर्ने कुरा भएको छ । सच्चिएर जाने कुरा बैठकमा भएको छ ।’

उपमहासचिव शर्माले दुई लाइन संघर्ष चलाइरहेका बेला अध्यक्ष ‘प्रचण्ड’ले शुक्रबारको स्थायी कमिटी बैठकमा सार्वजनिक रुपमा बोल्दै हिँड्नु ठिक नभएको बताएका थिए ।

आफूविरुद्ध उपमहासचिव शर्मा चलाइरहेको दुई लाइन संघर्षकाबारेमा बोल्दै दाहालले सार्वजनिक रुपमा गरिएका आलोचना र टिप्पणीलाई गलत भनेका थिए ।

पार्टीभित्रकै बैठक र बन्द कोठामा सीमित वैचारिक मतभेद अब सामाजिक सञ्जालमार्फत् खुला रुपमा प्रकट हुन थालेपछि प्रचण्डको यो भनाइ आएको थियो । यसैलाई जोड दिँदै उनले जसले गल्ती गरेको छ उसले पार्टीमा आत्मआलोचना गर्ने कुरा भएको जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : १५ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६