‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’ « Khabarhub

‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिएका छन् ।

उनले नेपालमा राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त भएको पनि बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राजतन्त्रबारे मलाई खासै केही भन्नु छैन । यो एउटा सडेगलेको पुरानो जन्मसिद्ध श्रेष्ठताको कुनै आधार नभएको यो एउटा पाखण्डी सिद्धान्त हो । यसलाई कुनै सचेत मान्छेले स्वीकार्न सक्दैन’, उनले भने, ‘नागरिक सर्वोच्चतालाई नस्वीकारेर एउटा व्यक्तिको सर्वोच्चता, परिवारको सर्वोच्चता स्वीकार्नु भनेको अज्ञानता हो । कायरता हो ।’

उनले आफूले अरू देशको कुरा नगरेको पनि बताए । ‘हाम्रो देशको सन्दर्भमा यो जनताले त्यही रुपमा लिएर फ्याँकिसकेको कुरा हो । फ्याँक्नै पर्दथ्यो’, उनले भने।

राजतन्त्रको अन्त्य दरबार हत्यकाण्डबाट भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

‘दरबार हत्याकाण्ड भनेको सानो कुरा हो ? विचार गर्नुस् त, त्यो सानो कुरा हो ?’, उनले भने, ‘हत्याकाण्डपछि कुशको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजा नै होइन । राजा मारिए, रानी मारिए, राजाको छोरा मारिए, युवराज मारिए, संविधानले कहाँ चाहिँ यता उता नभएको भाइ खोजेर ल्याएर बनाउनु भनेको छ ? दरबार हत्याकाण्डको कहाँ परिकल्पना गरेको छ ?’

तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनताको अधिकार खोसेर कठपुतली आयोग बनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवामाथि पनि मुद्दा चलाएको ओलीले स्मरण गराए ।

उनले २००७ सालमा राजा फर्काएर गलत गरेको भन्दै त्यसबेलाको निर्णयको आलोचना गरे । ‘यो सबै २००७ सालमा राजा फर्काएर गल्ती भएको हो । दिल्ली गइसकेका राजालाई उतै बस्न दिएको भैहाल्थ्यो नि’, उनले भने, ‘त्यसमा पनि नजाऊँ, त्रुटि चाहिँ भयो ।’

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : २६ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि