‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’ « Khabarhub

‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिएका छन् ।

उनले नेपालमा राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त भएको पनि बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राजतन्त्रबारे मलाई खासै केही भन्नु छैन । यो एउटा सडेगलेको पुरानो जन्मसिद्ध श्रेष्ठताको कुनै आधार नभएको यो एउटा पाखण्डी सिद्धान्त हो । यसलाई कुनै सचेत मान्छेले स्वीकार्न सक्दैन’, उनले भने, ‘नागरिक सर्वोच्चतालाई नस्वीकारेर एउटा व्यक्तिको सर्वोच्चता, परिवारको सर्वोच्चता स्वीकार्नु भनेको अज्ञानता हो । कायरता हो ।’

उनले आफूले अरू देशको कुरा नगरेको पनि बताए । ‘हाम्रो देशको सन्दर्भमा यो जनताले त्यही रुपमा लिएर फ्याँकिसकेको कुरा हो । फ्याँक्नै पर्दथ्यो’, उनले भने।

राजतन्त्रको अन्त्य दरबार हत्यकाण्डबाट भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

‘दरबार हत्याकाण्ड भनेको सानो कुरा हो ? विचार गर्नुस् त, त्यो सानो कुरा हो ?’, उनले भने, ‘हत्याकाण्डपछि कुशको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजा नै होइन । राजा मारिए, रानी मारिए, राजाको छोरा मारिए, युवराज मारिए, संविधानले कहाँ चाहिँ यता उता नभएको भाइ खोजेर ल्याएर बनाउनु भनेको छ ? दरबार हत्याकाण्डको कहाँ परिकल्पना गरेको छ ?’

तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनताको अधिकार खोसेर कठपुतली आयोग बनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवामाथि पनि मुद्दा चलाएको ओलीले स्मरण गराए ।

उनले २००७ सालमा राजा फर्काएर गलत गरेको भन्दै त्यसबेलाको निर्णयको आलोचना गरे । ‘यो सबै २००७ सालमा राजा फर्काएर गल्ती भएको हो । दिल्ली गइसकेका राजालाई उतै बस्न दिएको भैहाल्थ्यो नि’, उनले भने, ‘त्यसमा पनि नजाऊँ, त्रुटि चाहिँ भयो ।’

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : २६ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका