जनार्दनले भने- पार्टी बिग्रेकोमा प्रचण्डले आत्मआलोचना गरून्, राम कार्कीको प्रस्ताव- अब आलोपालो नेतृत्व गरौँ « Khabarhub

जनार्दनले भने- पार्टी बिग्रेकोमा प्रचण्डले आत्मआलोचना गरून्, राम कार्कीको प्रस्ताव- अब आलोपालो नेतृत्व गरौँ


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको विवादका बाछिटा स्थायी समिति बैठकमा पनि देखिएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पद्धति नमान्नेहरूले आत्मआलोचना गर्नुपर्ने बताइरहेका बेला उपमहासचिव जनार्दन शर्मा प्रभाकरले के सजाय भोग्नुपर्ने हो भोग्न तयार रहेको बताएका हुन् ।

आइतबार बसेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माणका लागि खबरदारी गर्दा के सजाय भोग्नुपर्ने हो भोग्न तयार रहेको जवाफ प्रचण्डलाई दिएका हुन् ।

उनले कुनै बेला ३१ लाख मतदाताको साथ पाएको पार्टी अहिले खुम्चिएर ११ लाखमा झरेको भन्दै यस कमजोरीलाई लिएर प्रचण्डले पनि आत्मआलोचना गर्नुपर्ने बताएका छन् ।

शर्माले अहिले पनि माओवादी नेताहरूले नै यो पार्टी अब नबन्ने, अब कहिल्यै पनि २०६४ को अवस्था मा फर्किन नसक्ने बताउँदै हिँडिरहेको पनि उल्लेख गरे ।

‘पार्टी निर्माणका लागि मैले सबैमाझ साझा प्रश्न राखेँ । अरू नेताहरूले भित्रभित्रै यो पार्टी अब बन्दैन । ०६४ सालको अवस्थामा अब कहिल्यै फर्किन सक्दैन भनेर हिँडिरहेका छन्’, उनले भने, ‘मैले त पार्टी निर्माणबारे प्रश्न उठाएको हो । यसबापद मैले के सजाय भोग्नुपर्ने हो, त्यसका लागि तयार छु ।’

उनले आफूले प्रश्न उठाउँदा हेडक्वार्टरबाटै पार्टी फुट्छ भन्ने दुष्प्रचार गरिएको गुनासो पनि बैठकमा गरेका छन्। ‘मैले प्रश्न उठाउँदैमा पार्टी फुट्छ भन्ने दुष्प्रचारको गलत हो, त्यसलाई म खारेज गर्छु’, उनले भने, ‘जति धकेल्न खोज्नु हुन्छ म त्यति बलियोसँग पार्टीमा बस्छु, अडिन्छु ।’

शर्माले कुनै बेला ३१ लाख मतदाताको साथ पाएको पार्टीलाई ११ लाखमा झारेकोमा नेतृत्वले आत्मआलोचित हुनुपर्ने बताए । ‘कुनै बेला ३१ लाख मतदाता रहेको हाम्रो पार्टी अहिले ११ लाखमा झरेको छ’, उनले भने, ‘यसमा मेरो कमजोरी भए म पनि आत्मालोचित हुन्छु । यदि त्यसो नभए सम्बन्धित ठाउँ र नेतृत्वबाट यसमा आत्मालोचना हुनुपर्छ ।’

आइबार बसेको स्थायी समिति बैठकमा अर्का स्थायी समिति सदस्य राम कार्कीले नेतृत्वमा अब आलोपालोको सिद्धान्तको वकालत गरे ।

उनले पनि अहिलेको नेतृत्वबाट मात्रै पार्टी अघि बढाउन सम्भव नरहेकाले पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा आलोपालो नेतृत्वको वकालत गरेका हुन्। जनार्दनको शैलीमा प्रचण्डको आलोचना नगरे पनि उनले अब पालैपालो नेतृत्वको जरूरी भइसेको पनि बताए ।

यसबारेमा उपाध्यक्ष अग्नि सापकोटाले पनि पत्रकारसँग बोल्दै कार्कीको तर्कको अहिले कुनै अर्थ नरहेको बताए। ‘उहाँले त्यो कुरा बैठकमा राख्नु भएको हो । तर अहिले उहाँको त्यो तर्कको कुनै अर्थ छैन’, उनले भने, ‘अहिले अधिकांश नेताहरू प्रचण्डको नेतृत्वलाई बलियो बनाएर लैजाने पक्षमा हुनु हुन्छ । धेरैले अहिलेकै नेतृत्वलाई समर्थन गरेर अघि बढ्दा माओवादी आन्दोलन मजबुत हुने कुरा राख्नु भएको छ ।’

यसैबीच अध्यक्ष प्रचण्डलाई पेरिसडाँडामै पत्रकारले जनार्दनसँगको विवादबारे प्रश्न गरेका थिए । उनले जसले गल्ती गर्छ उसले आत्म आलोचना गर्ने कुरा भएको बताए ।

पत्रकारले उनलाई सोधे, ‘तपाईंले पनि आत्मआलोचना गर्ने हो ?’, जवाफमा उनले भने, ‘त्यस्तो होइन, जसले गल्ती गर्छ उसले आत्मआलोचना गर्ने कुरा भएको छ । सच्चिएर जाने कुरा बैठकमा भएको छ ।’

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ४९ बजे

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र

एजेन्सी– संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँ स्थानीय तह तथा जिल्ला समन्वय

जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद,

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको