राजावादीलक्षित प्रधानमन्त्रीको टिप्पणी : जो मान्छे संविधान मान्दैनन्, तिनैले संसद अवरोध गरिरहेका छन् « Khabarhub

राजावादीलक्षित प्रधानमन्त्रीको टिप्पणी : जो मान्छे संविधान मान्दैनन्, तिनैले संसद अवरोध गरिरहेका छन्


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदभित्र राजावादी र अराजकतावादीको उपस्थितिका कारण देशको व्यवस्था र प्रणालीमाथि समस्या उत्पन्न भएको र प्रतिछाप परेको बताएका छन् ।

आइतबार ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादी दल र अराजकतावादलाई लक्षित गर्दै प्रणाली बचाउन निर्मम हुनुपर्ने बताए । ओलीले संविधान नमान्ने र लोकतन्त्र नमान्ने मान्छेले संसद अवरोध गरेको बताए ।

‘हामी नरममा अत्यन्त नरम, डेमोक्रेसीका लागि हामीले ‘टफ’ हुनुपर्छ । प्रणाली बचाउन टफ हुनुपर्छ । जो संविधान मान्दैन, प्रणाली मान्दैन लोकतन्त्र मान्दैनन ती मान्छे संसदमा छन् र त्यस्ता मान्छेले संसद अवरोध गरिरहेका छन् । तिनीहरूलाई संसद चाहिएकै छैन त ।’ ओलीले भने, ‘उनीहरूलाई अर्कै सिस्टम चाहिएको छ कसैलाई एनार्किजम (अराजकतावाद), कसैलाई राजतन्त्र चाहिएको छ, संसद किन चाहियो ?’

राजावादी र अराजकतावादीले संसद देख्न सुन्न नचाहेको बताए । उनले त्यस्ता मान्छे संसदभित्रै पसेर भत्काउने र बाहिरबाट पनि भत्काउने काममा लागेको बताए ।

‘बाहिरबाट मात्रै होइन कि भित्रै पसेर भत्काउने भित्रै पसेर आगो बाल्ने सोचमा भएका मान्छे पनि भएपछि अनि प्रणालीमा समस्या उत्पन्न हुँदैन ?’ ओलीले प्रश्न गरे, ‘एनार्किस्टले बुथ कब्जा गर्दैन ? के गर्दैन ?’

ओलीले पुराना पार्टीहरूमा समेत त्यस्ता कमजोरी रहेकाले ती कमजोरीलाई हटाउनु पर्ने बताए । प्रधानमन्त्री ओलीले नयाँ शक्तिहरूलाई संविधान र कानूनभित्र अधिकारको प्रयोग गर्न सबै स्वतन्त्र छन् भनेर बताउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ५३ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा