एमालेका युवा नेताको प्रश्न- पार्टीमा युवा पुस्ता आकर्षित गर्ने कार्यक्रम खोइ ? « Khabarhub

एमालेका युवा नेताको प्रश्न- पार्टीमा युवा पुस्ता आकर्षित गर्ने कार्यक्रम खोइ ?


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरीले पार्टी विधान संशोधन गरि चुनाव हुने क्षेत्रका कमिटी कार्यकारी कमिटी बनाउनु पर्ने बताएका छन् ।

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा बोल्दै युवा नेता गिरीले उक्त कुरा बताएका हुन् ।

‘अहिले कायम निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔँ, जिल्ला कमिटीलाई समन्वयमा परिणत गरौँ’, उनले भने, ‘निर्वाचित हुने क्षेत्रलाई नेताहरूले कार्यथलो बनाउँदा पार्टी काम उठाउने परिस्थिति हुन्छ ।’

एमालेका ७ वटा भौगोलिक कमिटी अन्तर्गत सबै क्षेत्रहरूमा निर्वाचन हुन्छ । दईुवटा गैह्रभौगोलिक क्षेत्र संसदीय निर्वाचन नहुने कमिटीहरू हुन् ।

उनले प्रदेश सरकार गठन भएको एक वर्षमा उपलब्धि र कामबारे बैठकमा एजेन्डाका रूपमा आउनुपर्ने बताए । उनले प्रदेश सरकारको समीक्षा हुन जरूरी भएको बताए ।

‘पार्टी र संसदीय फाँट फरक हो जस्तो गरि गतिविधि गर्नु हुँदैन, त्यसले पार्टी र जनप्रतिनिधिबीचको समन्वय देखिन्न’, उनले भने, ‘जनप्रतिनिधिले पार्टीले सहयोग नगरेको, पार्टी नेतृत्वलाई संसदीय मोर्चाले नटेरेको जस्तो देखिएको छ, त्यो अन्त्य होस् ।’

विचारमा एकरूपता भए पनि कार्यशैलीमा नेताहरू कमिटीगत प्रणालीलाई बेवास्ता गरेर चल्दा कार्यकर्तामा उत्साह नदेखिएको उनले बताए ।

नेताहरू कमिटीगत प्रणालीमा चल्न  जरूरी भएको उनले बताए । ‘नियमित कामलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने स्थिति किन बन्यो ? समीक्षा होस्’, उनले भने ।

युवा पुस्तालाई राजनीतिमा आकर्षण गर्ने कार्यक्रम तल्लो तहमा नआएका उनले बताए । ‘जनसंगठनलाई  कामकाजी बनाउनु पर्छ । केन्द्रीय कमिटी दुई अंक र प्रदेश कमिटी ५१ र मातहतका कमिटीको आकार त्यसैगरि घटाउनुपर्छ,’ उनले भने।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : १३ बजे

बालेन पब्लिक डिबेटमा नबस्ने, भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटा मञ्चमा उभिन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर